Know the meaning of door in Nepali.ढाेका भनेकाे प्रबेश द्वार हाे ।

ढोका’ भनेको के हो?

"Inside is inner world Outside is outer world that Great Door open by Key in our mind'

ढोका’ भनेको के हो ? भन्ने प्रश्नमा समाजिक सञ्जालमा आएका प्रतिक्रिया यस्ता छन् केहि दिन अगाडि टिम्बर क्राफ्ट प्रालिका प्रबन्ध निर्देशक योगेन्द्रजंग बस्नेतले ‘ढोका’ भनेको के हो ?

भने प्रश्न गर्दै सामाजिक सञ्जाल फेसवुकमा एउटा पोष्ट गर्नु भएको थियो । जसमा धेरै जनाले आफ्नो प्रतिक्रिया दिनुभएको छ ।

कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया दिनुहुने सबैलाई धन्यवाद दिंदै यहाँहरुले नै कमेन्ट गरेर ढोकाबारे भन्नु भएको यहाँको प्रतिक्रिया हामीले हाम्रो विशेष सामाग्री बनाएका छौं ।

यो लेखमा यहाँहरुले गरेका कमेन्टलाई नाम सहित समावेश गर्ने प्रयाश गरेका छौं ।

Bikram Neupane लेख्नुहुन्छ 'ढाेका धेरै जीवनहरूलाई प्रगतिशिल बाटाेमा पठाउने बाटाेहरू मध्ये पहिलाे बाटाे जहाँ बाट गतिशीलताकाे पाईलाहरू शुभारम्भ हुन्छ,

ढाेका विहान देखि काम काजमा हिडेर थाकेर आउनेहरूकाे पहिलाे थकान मेटाउने विश्रान्ति दृार, ढाेका विपतबाट अनिस्टबाट जाेगाउने र निस्कासन गर्ने आश्था भराेसा, ढाेका धाेका र विश्वासकाे खम्बा,

ढाेका अन्धकार हटाउने र धुन्धुकारिलाई अचेटाउने शाहस ....अरू पनि छन सर आज लाई यति'

Yadav Basnet लेख्नुहुन्छ, 'ढोका बन्द गर्न र खेल्ने बस्तु हो खराब मान्छेको हातमा परे खोल्नै नसक्ने गरेर बन्द हुन्छ तर असल मान्छे को हातमा परे बिश्व बदल्ने गरेर खोल्न सकिन्छ ।

 Om Lal Akayla लेख्नुहुन्छ, 'मैले बृहत शब्दकोषमा हेर्दा पढेको अर्थ त यही हो

१. घरको भित्र, बाहिर गर्ने वा कोठाभित्र प्रवेश गर्ने द्वार, दैलो|

2.महल वा दरबारको द्वार।

३. विशिष्ट व्यक्तिहरुको स्वागतका निम्ति वा कुनै उत्सव, समारोहमा सुसज्जित पारेर बनाइने तोरणद्दार|

४. सहरमा पस्ने र निस्कने ठाउँमा बनाइएको द्वार, गोपुर|

 Raj K. Shrestha लेख्नुहुन्छ, 'Inside is inner world Outside is outer world that Great Door open by Key in our mind'

Rajendra Basnet लेख्नुहुन्छ, 'ढोका घरको प्रवेशद्वार जहाबाट भित्र बाहिर गर्न सकिन्छ । सामान्य रुपबाट हेर्दा एक किसिमको सुरक्षा कबज ।'

Jeevan Kafle लेख्नुहुन्छ, 'ढोका- प्रबेश बिन्दु , प््रस्थान गर्ने ठाँउ, शुरुवात गर्ने बिन्दु , एक स्थान बाट अर्कोमा जाने सिमानाको द्वार .....'

Megharaj Paudyal लेख्नुहुन्छ, 'ढोका विशाल समुन्द्रहो !! त्यो पार हुनु जीवनको सफलता हो मैले वुझेको ।'

Khagendra Kathayat लेख्नुहुन्छ, 'ढोका भने को timber craft ले बना को काठ को Dhokaa'

Basanta Pokhral लेख्नुहुन्छ, 'ढोका भनेको घर को गहना हो ।'

घन श्याम ढकाल लेख्नुहुन्छ, 'MY daddy have dream to change the World by selling his life in DOLLAR' Keshav Bhatta लेख्नुहुन्छ, 'ढोका प्रवेशद्वार हो प्रवेशद्वार असल आकर्षक तथा बलियो भयो भने डराउनु पर्ने अवस्था रहन्न ।'

एस के बस्नेत लेख्नुहुन्छ, 'यउटा निस्कने अर्को छिर्ने

Share this post
Recent Post