कोठामा थुनिएर ढोका फुटाउनु परेको एक बृद्ध आमा र विक्रेताको अनुभव

 

कोठामा थुनिएर ढोका फुटाउनु परेको एक बृद्ध आमा र विक्रेताको अनुभव

काठमाडौं नैकापकी बृद्ध आमा बिष्णु बुढाथोकीले कलंकी स्थित टिम्बर क्राफ्टको विक्रेता टिम्बर होम डेकोरबाट केहि समय अगाडि ढोका लानुभयो ।

उहाँले आफ्नो घरभरि टिम्बर क्राफ्टका ढोका प्रयोग गर्नु भयो । उहाँका छोरा नेपाल बाहिर हुनुहुन्छ भने बुहारी काठमाडौंमै नर्स हुनुहुन्छ ।

उहाँ घरमा एक्लै भएको दिन वेलुकी सबै ढोका बन्द गरेर आफ्नो सुत्ने कोठामा पुग्नु भयो आफ्नो सुत्ने कोठाको ढोका लगाउनु भयो तर कारणवश ढोकामा राखेको चुकुल (लक) भित्रबाट नखुल्ने बाहिरबाट मात्र खुल्ने भयो ।

यो अकस्मातको घटना थियो । उहाँ एकछिन त आँत्तिनु भयो तै पनि उहाँले नेपालबाहिर रहेको आफ्नो छोरालाई भिडियो कल गरेर घटना सुनाउनु भयो,

उताबाट छोराले कोठा भित्र कुनै हतियार भए ढोका फुटाइदिन भन्नुभयो । किनकी उहाँ भित्र थुनिनु भएपछि घरबाहिरको व्याक्ति गएर उहाँलाई बाहिर निकाल्नु परेको भए १० भन्दा बढि ढोका फुटाउनु पर्ने अवस्था थियो ।

तर भित्रको एकमात्र ढोका फुटाउँदा त बाँकि ढोका भित्रैबाटै खोल्न सकिने अवस्था थियो ।

कम क्षती होस भन्नको लागि पनि भित्रैबाट ढोका फुटाउनु जरुरी थिायो । बृद्ध आमाले आफ्नो कोठामा भएको खुँडाले ढोकामा हान्दै जानु भयो र हात र टाँउको छिर्ने सम्मको प्वाल पार्न करिब एक घण्टा समय लाग्यो ।

उहाँकै भनाइ भन्ने हो भने, ‘यो ढोका हलुका रहेछ तर बलियो पनि रहेछ ।’ बृद्ध आमा बिष्णु बुढाथोकीसँग हामीले ढोकाबारे जानकारी लियौं र फुटाइएको ढोकाको मुल्य फिर्ता गर्यौं ।

टिम्बर क्राफ्टप्रति खुसि व्यक्त गर्दै कुराकानीमा उहाँले भन्नु भयो, ‘पहिला त म थुनिँदा निकै आत्तिए पछि छोराले फुटाइदिनु भने पछि फुटाउन आँटे । ढोका निकै राम्रो रहेछ ।

ढोका हन्दा निकै आवाज पनि आयो । ढोका राम्रो छ, सालको मात्र भए त फुटाउन गाह्रो थियो । धेरै क्षती हुन्थ्यो तर यो ढोका सजिलो राम्रो रहेछ ।

हलुका भएर पनि मलाई राम्रो लाग्यो ।’ यसरि ढोका फुटाउनु परेको घटना सुन्दै ढोका बेच्ने टिम्बर होम डेकोर सञ्चालक युवा भिष्म थापाले भन्नुभयो, ‘शनिबारको दिन थियो विहान मेरो ग्राहक (बिष्णु बुढाथोकी) फोन आयो ।

उहाँले सुरुमै भन्नुभयो बाबु मैले ढोका फुटाए आएर ढोका चेन्ज गरिदिनु पर्यो भन्नु भयो । मलाई पनि सरप्राइज लाग्यो र तुरुन्तै उहाँको घरमा भिजिट गरे उहाँले सवैप्रसंग सुनाउनु भयो ।

पस फर्किएर शनिबारको दिन पसल बन्द थियो गाडि पनि थिएन तर मैले भरियामार्फत ढोका पुर्याएर नजिकैको मिस्त्रीले सजिलै ढोका फिट गरिदिनु भयो ।

आमाले ढोका लगाएको कुनै पछुतो लागेको सुनाउनु भएन बरु अझैं पनि आफ्ना चिनेजानेकाहरु लाई यो ढोका राम्रो छ ।

सस्तो छ, सजिलो छ, हलुका छ भनेर यहिं ढोका प्रयोग गर्न भनिरहनु भएको छ ।’ ढोकामा के के प्रयोग गरिएको ?

समस्या पर्दा के गर्ने ? कसरि रंग लगाउने ?

लगायतका आधारभुत कुराहरु ढोका बेच्नु भन्दा पहिल्यै भन्ने सिस्टम भएको कारण टिम्बर क्राफ्टका ग्राहक झन झन खुसि हुने गरेको थापाले सुनाउनु भयो ।

अन्तमा हामी भन्छौ, ‘अन्र्तराष्ट्रिय गुणस्तरको नेपाली ढोका नै प्रयोग गरौं ।’

Share this post
Recent Post