टिम्बर क्राफ्टको फ्याक्ट्रीमा काम गर्ने कर्मचारीको खुसि

टिम्बर क्राफ्टको फ्याक्ट्रीमा काम गर्ने कर्मचारीको खुसि

    टिम्बर क्राफ्टको फ्याक्ट्रीमा काम गर्ने पुराना कर्मचारी दिल बहादुर एउटा मजदुरको सुखि, भन्छन टिम्बर क्राफ्टमा काम गर्न पाउने म त भाग्यमानी रहेछु टिम्बर क्राफ्टले गत वर्ष उत्कृष्ट कर्मचारी भन्दै सम्मान गरेका नवलपरासी अरुणखोलाका दिलबहादुर मगर कुनै समय मलेसिया र कतारमा दुख कठिन मिहेनत गर्थे । हाल नेपाली स्किन ढोका उत्पादन गर्दै आएको कम्पनी टिम्बर क्राफ्टको फ्याक्ट्रीमा सवैभन्दा पुरानो कर्मचारीको रुपमा रहेका उनीसँग तीन वर्ष मलेसियामा र तीन वर्ष कतारमा कडा मिहेनत गरेको अनुभव छ ।

उनले विदेशमा हेल्फर भएर काम गरे । नेपाली भुमिमा सम्मानका साथ काम गरेर उत्कृट कर्मचारी हुन पाउदा उनको खुसिको सिमा नै छैन् । सम्मानित भएपछि प्रतिक्रिया दिंदै उनले भने, ‘विदेशमा दुख गर्दा लाग्थ्यो आफ्नै देशमा बरु जस्तो दुख भए पनि सहन्छु, नेपाल फर्केर निकै मिहेनत गर्छु ।’ घरायसी समस्या तथा अन्य विविध कारणले उनी नेपालमै बस्ने निर्णय गरेको बताउदै उनले भने, ‘नेपालमै आएर केहि गर्ने मन थियो, अनि नेपाल फर्किए ।’ देशभित्र मात्रै नभई आफ्नै गाँउ नजिकै टिम्बर क्राफ्टको फ्याक्ट्रीमा काम गर्न उनी गर्व महसुश भएको बताउछन् ।

उनले भने, ‘आफ्नै गाँउ घरमा नेपाली ढोका उत्पादन गर्ने फ्याक्ट्री खुल्नु र यसमा म जस्ता युवाले काम गर्न पाउनु गर्वको कुरा हो । सबैले यस्ताे अवसर पाउन सक्दैनन् । मैले त यहाँ भने जस्तो खोजे जस्तो काम पाएको छु, यो भन्दा ठुलो खुसि अरु के हुन सक्छ र ?’

गृहजिल्लामै काम गर्न पाउदा घरपरिवार पनि देख्न पाएकोमा खुसि भएको उनले बताए । उनले भने, ‘विदा जानु पर्यो भने पनि गाह्रो छैन ’ टिम्बर क्राफ्टको फ्याक्ट्रीमा अलराउन्डर सवै काम गर्ने गरेका उनी मेसिन चलाउनमा पोख्त छन् । टिम्बर क्राफ्टमा काम गर्दा गर्दै आफ्ना भाई बहिनीहरु लाई राम्रो शिक्षा दिन सकेकोमा उनी खुसि छन् । उनी भन्छन्, ‘बहिनीले नर्समा नाम निकालेको छ, भाइले पनि नवप्रतिभा संस्थामा राम्रै काम गरिरहेको छ, घर पनि बनाउन सफल भएको छु ।’ सम्मान र अवसरको लागि उनले टिम्बर क्राफ्टलाई धन्यवाद दिए ।

Share this post
Recent Post