अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना, International Workers' Day

 

नेपाली श्रमिकको उत्पादन तथा सेवालाई स्वीकार गरि गर्व गरौं ।Timber Craft -

आज मे १ तारिख अन्तराष्ट्रिय श्रमिक दिवस । काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइँदै छ । नेपालसहित विश्वका मजदुरले मे १ लाई विषेश पर्वकारुपमा मनाउँदै आएका छन् । श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ । नेपालमा वि। सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो । विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमिक दिवस मनाउन थालिएको हो। तर २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ तारिखमा सार्वजनिक बिदा दिन थालिएको हो । अखिल नेपाल ट्रेड युनियन महासंघ नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ (स्वतन्त्र) लगायतका मजदुर संगठनले र्‍यालीलगायतका विविध कार्यक्रम गर्दैछन् । श्रमिक अधिकारको व्यवस्था संविधानमासमेत समावेश छ। उक्त व्यवस्था कार्यान्वयन गर्न दवाव दिन मे दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित मजदुर आन्दोलन भएको थियो। उक्त दिनको सम्झनामा नेपालसहित विश्वभर श्रमिक दिवस मनाइन्छ। सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने घोषणा गरेसँगै सन् १९९० देखि विश्वभर यो दिवस मनाइन्छ ।

     नेपालमा श्रमिक दिवश मनाइरहँदा नेपालीहरु नेपाल बाहिर गएर श्रमिक बनेर रेमिट्यान्समार्फत नेपालको आर्थिक गतिविधी बढाइरहेको विषय विर्सन नहुने विषय हो । खाडी मुलुक लगायतका देशहरुमा नेपालीहरुको रोजगारको मुख्य गन्तब्य बनिरहँदा नेपालमा भने मजदुर तथा दक्ष जनशक्ती अभावमा कयौं उद्योग समस्यामा परेका छन् । नेपालीहरुले अर्काको देश बनाइ दिन सक्छन भने आफ्नै देश बनाउन अझैं महत्वपूर्ण भुमिका खेल्नेमा दुइमत छैन् । मजदुर दिवस मनाइरहँदा हामीले सम्झिनै पर्ने भनेको रोजगारीको सिलसिलामा परदेशीएका दाजुभाई दिदी बहिनी हुन् । त्यस्तै, थोरै आम्दानी भएपनि आफ्नै माटोमा आफ्नै देशमा केहि गर्छु भनि लागिपरेका आम मजदुर साथीहरुलाई हामीले सम्मान गर्नै पर्छ ।

      मजदुर भनेको केवल ज्यालादारीमा ढुंगा माटोको काम गर्नेलाई मात्र भनिनु हँुदैन, मजदुर सबै खाले छन् । बढि संवेदनशील र कम संवेदनशील भनेर वर्गीकरण गरेर सरकारले मजदुरको पक्षमा काम गर्नु पर्ने देखिन्छ । काम गरेर खान तथा बाँच्न पाउने आम नागरिकको अधिकारलाई कुल्चिनु हुँदैन् । अब नेपालीहरुले अर्काको देशको मजदुर हुने अवस्थाको अन्त्य होस । भन्ने हाम्रो कामना छ । नेपालमा दक्ष कामदार पाउन साह्रै गाह्रो छ । काम गर्ने जनशक्ति विदेसिंदा नेपालमा खुलेका साना तथा ठुला उद्योग नै धरापमा पर्ने सम्भावना छ । मजदुरको अभावमा कयौं उद्योगहरुले क्षमताभन्दा ८० प्रतिशत कम उत्पादन गरिरहेको समेत प्रशस्तै देख्न सकिन्छ ।

टिम्बर क्राफ्ट र मजदुर टिम्बर क्राफ्ट नेपाली स्किन ढोका उत्पादन गर्ने कम्पनी हो । यस कम्पनीले अन्र्तराष्ट्रिय क्वालिटिका ढोकाहरु उत्पादन गरिरहेको छ । यसका ढोकाहरु नेपालभर उपलब्ध समेत छन् । नवलपरासीको गौँडकोटमा उत्पादन गर्ने फ्याक्ट्री रहेको छ । हाल टिम्बर क्राफ्टमार्फत प्रत्यक्ष अप्रत्यक्षरुमा सयौं जनाले रोजगारी पाएका छन् । प्रत्यक्ष रोजगारी पाएका कर्मचारी तथा मजदुरहरुले टिम्बर क्राफ्टलाई आफ्नै घरको कम्पनी सम्झेर काम गरिरहेको उदाहरण अगिल्लो ब्लगमा हामीले पोष्ट गरेका थियौं । कामादारले कम्पनी आफ्नै सम्झिेर काम गर्नुपर्ने र मजदुरको सम्मान गर्ने टिम्बर क्राफ्टको मुल धर्म हो । नेपालमै केहि गरौं, नेपालमै रोजगारी स्थापना गर्नुपर्दछ, नेपालीले नै काम गर्न पाउनु पर्दछ भन्ने अवधारण टिम्बर क्राफ्टसँग रहेको छ ।

हामीसँग जे जति साथीहरुले अहिले सम्म काम गर्नुभयो करिब सवैजसो खुसि नै हुनुहुन्छ, थिए पनि । हाम्रो मान्यता भनेको नेपाली दाजु भाई दिदी बहिनीले नेपालमै काम गरेर परिवार पाल्न सक्ने वातावरण निर्माण हुनुपर्दछ भन्ने हो । देश समृद्ध बनाउने हो भने देशको शसक्त जनशक्ती स्वदेशमै राखेर नेपाली उत्पादनलाई निर्यात गर्ने सम्मको वाताारण सरकारले बनाउनु पर्दछ । नेपाली श्रमिकले उत्पादन गरेका बस्तु तथा सेवालाई जबसम्म हामीले स–सम्मान अपनाउदैनौं तब सम्म श्रामिकको सम्मान भएको मानिदैन् ।

Share this post
Recent Post